२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा ‘समुदायमा अदालत’ कार्यक्रम

अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्ला अदालतले बेथान्चोक गाउँपालिकामा ‘समुदायमा अदालत’ कार्यक्रम सञ्चालन गरेको छ । अदालत, कानुन र न्यायका बारेमा बुझेका विषय तथा समस्याका बारेमा समुदायसँग छलफल गर्ने उद्देश्यले न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना २०७६-२०८१ अन्तर्गत अदालतले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

अदालतप्रति रहेको अनावश्यक भ्रम निवारण गर्दै समुदायलाई अदालत र न्यायिक प्रक्रियाबारे जानकारी तथा अदालत र नागरिकबीचको सम्बन्धमा दोहोरो सञ्चार, समुदायमा अदालतप्रतिको सरोकार र समुदायले अदालतबाट गरेको अपेक्षा, अदालतप्रतिको जनविश्वासमा अभिवृद्धि गर्न सोमबार उक्त कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

कार्यक्रमका सहभागीले जिल्ला अदालतबाट सम्पादन हुने कार्यलगायत कानुनी समस्याका बारेमा जिज्ञासा तथा स्थानीय स्तरमा हुने स–साना प्रकृतिका विवादलाई छिटोछरितो रुपमा समयमै विवाद-निरुपण गर्नका लागि स्थानीय तहको न्यायिक समितिले दिने न्याय र अदालतले दिने न्यायका बारेमा जिज्ञासा राखेका थिए ।

नागरिकका लागि अदालतले गर्ने सेवा प्रवाहसम्बन्धी वडापत्र, एक घण्टे सेवा, टेमप्लेट सुविधा, गुनासो सुनुवाइ, उजुरी पेटिका, न्यायाधीश भेटघाट कार्यक्रम, असहाय पक्षलाई वैतनिक वकिलको सुविधा, दोभाषे सेवा, मेलमिलाप केन्द्र, प्रो बोनो सेवा, कोर्ट दस्तुरमा सुविधा विषयमा जानकारी गराइएको स्रेस्तेदार कर्णबहादुर राईले बताए । उनका अनुसार न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाअनुसार काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहमा क्रमशः वर्षमा कम्तीमा तीन वटासम्म ‘समुदायमा अदालत’ कार्यक्रम सञ्चालन गरिने छ ।

कार्यक्रममा स्थानीय नागरिकले उठाएका जिज्ञासाका विषयमा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले नागरिकता प्राप्ति, धर्म पुत्र–पुत्री राख्न पाउने तथा उनीहरुले पाउने अधिकार, कानुनको प्रस्टता, अदालती प्रक्रिया र अदालतले उपलब्ध गराउने सेवाबारे जानकारी दिँदै हाल प्रदान भइरहेका सेवालाई अझै प्रभावकारी गराउन प्रयासरत रहने बताए ।