२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा २५ हजार क्षमताको रंगशाला बन्दै

अ+ अ-

काठमाडौँ । झापाको शिवसताक्षीमा २५ हजार दर्शक क्षमताको रंगशाला निर्माणको काम अघि बढेको छ । जनसहभागिता र सरकारको संयुक्त पहलमा रंगशाला निर्माणको काम अघि बढाइएको हो ।

अहिले रंगशालामा मञ्च र चेञ्जिङ रुमको निर्माण भइरहेको छ । चार बर्षभित्रमा रंगशाला पूर्णरुपमा तयार पार्ने लक्ष्य निर्माण पक्षको छ ।

झापामा व्यवस्थित रंगशाला नहुँदा ठुलो रकम खर्च गरेर प्रतियोगिता गर्नुपर्ने बाध्यता छ । स्थानीय तहले सीमित बजेट विनियोजन गर्दा प्रतियोगिता त हुन्छ, तर भौतिक पूर्वाधारमा भने हालसम्म प्रभावकारी लगानी हुन सकेको छैन ।

पछिल्लो समय शिवसताक्षी नगरपालिकाले खेलकुद प्रेमीको भावना अनुसार स्थानीय र केन्द्रिय बजेटसमेतको माग गरी रंगशाला निर्माणको काम अघि बढाएको छ । नगरपालिका र जनसहभागितामा रंगशाला निर्माणको काम धमाधम भइरहेको हो । स्थानीयले रंगशाला निर्माणमा साथ दिँदा बहुबर्षे योजना अगाडि बढ्न सम्भव भएको हो ।

शिवसताक्षीको दुधे बजार उत्तरपटी निर्माण भइरहेको रंगशाला ४ वर्षमा निर्माण सम्पन्न हुने नगर प्रमुख मेघाहाङ थोप्राले जानकारी दिए ।

‘हामीले मञ्च र चेञ्जिङ रुम निर्माणका लागि १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेका थियौँ, थोप्राले भने-‘६९ लाख ६१ हजार ९२१ रुपैयाँमा ठेक्का लागेर यसै आर्थिक वर्षमा ती संरचना निर्माण सम्पन्न हुन्छ ।’ उनले नगरपालिकाले बहुबर्षे योजनामा समावेश गरेर रंगशाला निर्माण सम्पन्न गर्ने जानकारी दिए ।

‘सडक निर्माण गर्‍यो भने दुईचार वर्षमा भत्किन्छ, पुल, पुलेसाको पनि अवस्था उही हो, नगर प्रमुख थोप्राले भने,‘मेरै कार्यकालमा दीर्घकालीन महत्त्व राख्ने भौतिक संरचना निर्माण गर्ने उद्देश्य बमोजिम यता लगानी गर्ने निर्णय गरेका हौँ ।’ थोप्राले भने,‘झापामा फुटबलको जुन क्रेज छ, त्यसमा केही गरौँ भनेर हामीले ठुलो लगानी यहाँ गरेका हौँ ।’

रंगशालामा घेराबारा गरिएको छ । अहिले रंगशालाको जमिन सम्याउने काम सकिएको छ । आठ बिगाहा क्षेत्रफलमा निर्माणाधीन रंगशाला अहिलेसम्म मुलुककै ठुलो र सुविधा सम्पन्न हुने निर्माणकर्ताको भनाई छ । निर्माण समितिका अध्यक्ष सन्तोष थोप्राले रंगशालामा उपयुक्त हुने माटो बिछ्याउने काम भइरहेको बताए ।

‘मञ्च र चेञ्जिङ रुम असारसम्ममा निर्माण भइसक्छ, अध्यक्ष थोप्राले भने,‘ त्यो बेलासम्म ग्राउन्डलाई पनि पुर्णरुपमा तयार गर्छौँ ।’ थोप्राले बिर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशालामा भएको जस्तै झार रोप्नका लागि खरिद गरिसकेको बताए ।

झापाका दर्शकमा देखिएको फुटबल खेलको क्रेजलाई विश्वव्यापी रुपमा परिचित गराउन सुविधा सम्पन्न भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता बमोजिम रंगशाला निर्माणको काम सुरु गरिएको हो । रंगशालाको अभावमा झापामा अस्थायी प्यारापिट निर्माण गरेर फुटबलको विभिन्न प्रतियोगिता आयोजना हुँदै आएका छन् ।

अध्यक्ष थोप्राका अनुसार रंगशालाको प्यारापिट निर्माण गर्न जनसहभागिता जुटाइने छ । ‘समाजमा आफ्ना दिवंगत अग्रजको नाममा विभिन्न पाटी, पौवा निर्माण गर्ने क्रम छ, तर त्यो स्थायी हुँदैन, उनीहरुको नाममा रंगशालामा योगदान गर्न लगाइयो भने बर्षौंसम्म सम्झिन सकिन्छ ।’ थोप्राले जनसहभागिता अनुसार निर्माण हुने प्यारापिटमा उनीहरुको सम्झनामा नाम लेखिने समेत बताए ।

रतुवामाई बृक्षारोपण आयोजनाले चर्चेको जमिनमा रंगशाला निर्माण हुन लागेको हो । दमकदेखि माइधारसम्मको सो क्षेत्रमा दर्जनौँ खेलमैदान भएपनि व्यवस्थित नहुँदा ठुला प्रतियोगिता आयोजना गर्न कठिनाइ हुँदै आएको छ । पाडाजुँगीमा आदिवासी रंगशाला निर्माण हुने चर्चा चलेपनि राजनीतिक बिवादका कारण निर्माणमा ढिलाइ भएको छ । दुधे रंगशाला निर्माण सम्पन्न भएपछि फुटबल लगायत खेलकुदका गतिविधिमा फड्को मार्न सकिने नगरको अपेक्षा छ ।

भद्रपुरमा रहेको मेची रंगशाला पनि हालसम्म अधुरो छ । रंगशाला निर्माणले पूर्णता नपाउँदा गतबर्ष सम्पन्न भएको भद्रपुर झापा गोल्डकप हेर्नका लागि अस्थायी प्यारापिट निर्माण गर्नुपरेको थियो । सताक्षीधामको यो रंगशाला बनेपछि जिल्लाको पहिलो व्यवस्थित रंगशालाका रुपमा सूचीकृत हुनेछ ।

प्रतिक्रिया दिनुहोस