स्थगित संवाद यात्रा गगन थापाले बिहीबारबाट पुनः सुरु गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्थगित संवाद यात्रा गगन थापाले बिहीबारबाट पुनः सुरु गर्ने


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार (१५ चैत) बाट सुरु गर्न लागिएको हो ।

१३ माघबाट इलामबाट सुरु भएको संवाद यात्रा काँग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री थापाले संवाद यात्रा गरेका थिए ।

१५ चैतबाट हुने अभियान रोकिएकै स्थानबाट सुरु हुने महामन्त्री थापा निकट नेविसंघका पूर्व महामन्त्री युवराज पाण्डेले जानकारी दिए । नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा संवाद यात्रा गरिने उनले जानकारी दिए । १८ गते संसद बैठक भएकाले संवाद यात्रा १७ गतेसम्म हुने गरी कार्यतालिका बनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस