टोखाले उच्च रक्तचाप र मधुमेहका बिरामीलाई आर्थिक सहयोग गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

टोखाले उच्च रक्तचाप र मधुमेहका बिरामीलाई आर्थिक सहयोग गर्ने


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले आफ्नो क्षेत्रमा स्थायी बसोबास गर्ने ५० वर्षभन्दा माथिका नागरिकहरूलाई उच्च रक्तचाप र मधुमेह रोगका बिरामीहरूलाई आर्थिक सहयोग गर्ने भएको छ ।

नियमित औषधि सेवन गरिरहेका विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, अति सीमान्तकृत, लोपोन्मुख जातजातिका बिरामीहरूलाई बढीमा ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने नगरपालिकाले जारी गरेको एक सूचनामा उल्लेख छ ।

सूचना प्रकाशित भएको ३० दिनभित्र आफू बसोबास गर्ने वडा कार्यालयबाट सिफारिस लिई सोही वडामा रहेको स्वास्थ्य संस्थामा नाम सूचीकृत गरेर सेवा लिन सकिने सूचनामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस