११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक शुद्धीकरण नीतिलाई आत्मसाथ गर्दै काम गर्न आईजीपीको निर्देशन

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले संगठनले आन्तरिक शुद्धीकरणको नीति लिएकाले राम्रोसँग काम गर्न हालै सरुवा भएका प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूलाई निर्देशन दिएका छन् ।

कार्यक्षेत्रमा खटिनुअघि आईजी कुँवरले प्रहरी प्रधान कार्यालयमा बोलाएर उनीहरूलाई निर्देशन दिँदै संगठनले लिएको नीति अनुरूप आन्तरिक शुद्धीकरणलाई आत्मसात् गर्दै तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगले पुरा गर्न कटिबद्ध हुनुपर्ने बताए ।

आईजी कुँवरले व्यक्तिगत स्वार्थ भन्दा पनि नागरिकलाई केन्द्रमा राखेर नागरिकको विश्वास जित्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै आ-आफ्नो कार्यक्षेत्रमा सामूहिक भावनाका साथ प्राप्त जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

राजस्व चुहावट नियन्त्रण तथा तस्करी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न उनले निर्देशन दिए । लागूऔषध नियन्त्रण तथा रोकथाम, फरार अपराधी पक्राउ, जघन्य अपराधको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन तथा त्यस्ता गतिविधि विरुद्ध सचेतना अभिवृद्धि गर्न क्रियाशील हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस