आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना 


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ। 

कोशी, मधेस, बागमती  र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस