होली उत्सवमा बालेन साहले गाए र्‍याप « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

होली उत्सवमा बालेन साहले गाए र्‍याप


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले दरबारमार्गमा आयोजित होली उत्सवमा र्‍याप गाएका छन् ।

फागु पूर्णिमाको अवसर पारेर दरबारमार्गमा आइतबार आयोजित कार्यक्रममा मेयर साहले र्‍याप गाएका हुन् ।

महानगरपालिका-१ र स्थानीय क्लबहरूको आयोजनामा सहभागीले र्‍याप गाउन पटक पटक आग्रह गरेपछि उनले छोटो र्‍याप गाएका हुन् ।

बालेनको सचिवालयका अनुसार दरबार मार्गमा बालेन सहित अन्य कलाकार पनि कन्सर्टमा सहभागी भएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस