काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट २९ जना जुवाडे पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट २९ जना जुवाडे पक्राउ


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । तासजुवा खेलेको आरोपमा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरूबाट २९ पक्राउ परेका छन् ।

नागार्जुन नगरपालिका-१ रानिवनस्थित चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । रानिवन बस्ने गोरखा ताकुकोट-४ घर भएका ३५ वर्षीय सुजन थापासमेत १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ८ सय २५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।

यसैगरी नागार्जुन नगरपालिका-१ रानिवनकै सनराइज हाइटस्थित रिता भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

धादिङ चरौदी घर भएका ३५ वर्षीय रामजी उप्रेती समेत ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनीहरूबाट १ लाख ३२ हजार ५ सय रुपैयाँ र ४ बुक ताससहित बरामद भएको छ ।

त्यस्तै ललितपुर महानगरपालिका-१८ नख्खुस्थित रूम्बा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धादिङ निलकण्ठ नगरपालिका-४ घर भएका ४४ वर्षीय राजेन्द्र बहादुर आलेमगर समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ हजार ७ सय २५ रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस