एमालेले बझाङ-१ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेले बझाङ-१ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । बझाङ-१ मा १५ वैशाखमा हुने प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार हुने भएका छन् ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले एमालेका बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली काँग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत ५ असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस