होलीलाई व्यवस्थित बनाउन उपत्यकामा चेकजाँचमा कडाइ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

होलीलाई व्यवस्थित बनाउन उपत्यकामा चेकजाँचमा कडाइ


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । होली मनाउन सुरु भएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

होली पर्वको अवसरमा मानिसहरू उच्छृङ्खल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चिलाउनेलगायतका गतिविधिहरू हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।

काठमाडौँ उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरो, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ । नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न आग्रह गरेको छ ।

साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ । होलीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले काठमाडौँका ९० बढी स्थानमा चेक जाँच गन प्रहरी खटाएको छ ।

होली खेल्ने साथै सार्वजनिक स्थलमा ड्रोनबाट पनि निगरानी गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस