अदानचुलीको पाम्सामा गाडी दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अदानचुलीको पाम्सामा गाडी दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते


१० चैत्र २०८०, शनिबार


हुम्ला । हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिए । 

सु प ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो । उनका अनुसार मृतक र घाइतेको उद्धार भइरहेको छ । दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ । दुर्घटनामा  पर्ने सावरी स्थानीय धनमल महताराको रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस