रुसको एक कन्सर्ट हलमा आक्रमण, ६० जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रुसको एक कन्सर्ट हलमा आक्रमण, ६० जनाको मृत्यु


१० चैत्र २०८०, शनिबार


काठमाडौँ । रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ। घटनामा १०० जनाभन्दा घाइते भएको रोयटर्सले जनाएको छ। रुसी मानव अधिकार आयोगले यसलाई ‘आतंकवादी हमला’ भनेको छ।

रुसी समाचार एजेन्सीका अनुसार यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो। यहाँ कन्सर्ट हुन लागेको थियो। बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि भेषमा हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्ध गोली चलाउन थालेका थिए।

भवनमा आगलागी भएको र धेरै मानिस भित्र फसेको अनुमान गरिएको छ। घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेसमेन्टबाट करिब एक सय जनाको उद्धार गरेका थिए। आरआईए नोवोस्ती समाचार एजेन्सीका अनुसार कम्तीमा तीन आक्रमणकारी हलमा प्रवेश गरेका थिए।

इराक र सिरयामा सक्रिय रहेको आईएसआईएल समूहले आफ्नो टेलिग्राम च्यानलमार्फत घटनाको जिम्मेवारी लिएको अल जजिराले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस