एक करोडको लागतमा म्याग्दीमा खानेपानी आयोजना निर्माण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एक करोडको लागतमा म्याग्दीमा खानेपानी आयोजना निर्माण


१० चैत्र २०८०, शनिबार


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ खिवाङमा ‘एक घर, एक धारा’खानेपानी आयोजना निर्माण भएको छ । श्रमदानसहित रु एक करोड चार लाखको लागतमा आयोजना सम्पन्न भएको हो ।  

आयोजना निर्माण भएपछि एक सय ३६ घरका परिवारलाई एक घण्टा बढी समय लगाएर पानी ओसार्नुपर्ने बाध्यता हटेको छ । खिवाङकी रिना बुद्धुजाले आँगनको धारामा २४ सैँ घण्टा नियमित पानी आउन थालेपछि पानीको समस्या समाधान भएको बताए । 

गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा निर्माण भएको खिवाङ खानेपानी तथा सरसफाइ आयोजना काम सुरु भएको ९१ दिनमा पूरा भएको हो । उपभोक्ता समितिका अध्यक्ष जयराम विकका अनुसार  ट्रष्टको रु ७३ लाख बराबरको निर्माण सामग्री र प्राविधिक सहयोग तथा उपभोक्ताको रु ३१ लाख बराबरको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको हो । 

आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न धारामा मिटर जडान गरिएको छ । ट्रष्टका कन्ट्रक्सन इञ्जिनियर लिला पुन शेरचनले यस वर्ष खिवाङ वडा नम्बर ३ को काभ्रे र वडा नम्बर ४ को छेम्दीमा पनि खानेपानी आयोजना निर्माण पूरा भएको जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस