एनओसी वितरण ‘फेसलेस’ बनाउने तयारी, २४ घण्टाभित्र सेवा दिइने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एनओसी वितरण ‘फेसलेस’ बनाउने तयारी, २४ घण्टाभित्र सेवा दिइने


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वैदेशिक अध्ययन शाखा (एनओसी) ले ‘फेसलेस’ सेवा दिने तयारी गरिरहेको जनाएको छ । अहिले विद्यार्थीले एनओसी लिनको लागि आवश्यक शैक्षिक प्रमाणपत्रहरू ‘ओरिजिनल डकुमेन्ट भेरिफाइ’ गर्न भौतिक रूपमा जानुपर्ने अवस्था छ ।

अहिले त्रिभुवन विश्वविद्यालयको शैक्षिक तथ्याङ्क (एकेडेमिक डेटा) एनओसी शाखाको पोर्टलमा एकीकरण (इन्टिग्रेट) गर्ने प्रक्रिया अगाडि बढाइएको छ । त्रिविसँगै पोखरा विश्वविद्यालयको तथ्याङ्क पनि एकीकरण गर्ने तयारी गरिएको छ ।

यी विषयको तयारी सकिएपछि अधिकांश विद्यार्थीले अनलाइनमार्फत नै एनओसीको सबै सेवा पाउनेछन् । 

यस्तै अहिले शाखाले आवेदन दिएको २४ घण्टाभित्र प्रमाणीकरण र प्रमाणीकरण भएको २४ घण्टाभित्र एनओसी दिइरहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस