आज नेपाल ल्याइयो थाइल्याण्डमा अलपत्र परेका १३ नेपाली « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आज नेपाल ल्याइयो थाइल्याण्डमा अलपत्र परेका १३ नेपाली


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई उद्धार गरी आज नेपाल ल्याइएको छ।

थाइल्याण्डस्थित नेपाली राजदूतावास बैंककले एक विज्ञप्ति जारी गर्दै अलपत्र परेका १३ नेपालीलाई उद्धार गरी  नेपाल पठाइएको जानकारी दिएको हो।  

थाइल्याण्ड र म्यान्मार सीमा नजिक म्यान्मारको म्यावड्डीमा विगत लामो समयदेखि समस्यामा परेका १३ नेपाली नागरिकहरू अलपत्र परेका थिए।

नेपाल एयरलाइन्सको उडानबाट १३ नेपालीहरूलाई नेपाल पठाइएको विज्ञप्तिमा बताइएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस