सशस्त्र प्रहरी प्रधान कार्यालयमा कानूनी सहायता कक्ष स्थापना « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सशस्त्र प्रहरी प्रधान कार्यालयमा कानूनी सहायता कक्ष स्थापना


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कानूनी सहायता कक्ष स्थापना गरिएको छ ।

बहालवाला, अवकाश प्राप्त कर्मचारी र तिनमा आश्रित परिवार तथा अमर सशस्त्र प्रहरीका परिवारका कानूनी समस्या समाधानका लागि कक्ष स्थापना गरिएको हो ।

२३औँ सशस्त्र प्रहरी दिवस, २०८० को अवसरमा कानून महाशाखामा रहने गरी कक्ष स्थापना गरिएको छ ।

न्यून आय भएका तथा न्यायको पहुँचमा पुग्न नसकेकाहरूलाई सहयोग पुर्‍याउन कक्षको स्थापना गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस