पूर्वप्रधान न्यायाधीश कार्कीको गुनासो : न्यायालयमा संविधानअनुसार महिलाको प्रतिनिधित्व छैन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पूर्वप्रधान न्यायाधीश कार्कीको गुनासो : न्यायालयमा संविधानअनुसार महिलाको प्रतिनिधित्व छैन


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले न्याय क्षेत्रमा संविधानअनुसार महिलाको प्रतिनिधित्व नभएको बताएकी छन् ।

शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै कार्कीले न्यायालयमा संविधानमा व्यवस्था भएअनुसार महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको बताइन् ।

‘पहिलेभन्दा न्याय क्षेत्रमा प्रवेश गर्न चाहने महिलाका लागि वातावरण सहज बनेको छ,’ उनले भनिन्, ‘तर संविधानअनुसार प्रतिनिधित्व अझै भएको छैन, राज्यले यसमा ध्यान दिन जरुरी छ ।’

पूर्वप्रधान न्यायाधीश कार्कीले यो सम्मेलन नेपालमा महिला न्यायाधीशहरूको वृद्धिविकासका लागि ठूलो आयाम बन्ने विश्वास व्यक्त गरिन् । कार्कीले आगामी दिनमा महिला न्यायाधीशहरूले न्यायको क्षेत्रमा झनै उल्लेख्य अवसर पाउने र कार्य सम्पादन पनि राम्रो हुनेमा विश्वस्त रहेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस