जनकपुरमा महासेठलाई १०१ किलोको मालासहित दही र माछाको टीका « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जनकपुरमा महासेठलाई १०१ किलोको मालासहित दही र माछाको टीका


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका सचिव रघुवीर महासेठलाई भव्य स्वागत गरिएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेर गृह जिल्ला पुग्दा महासेठलाई भव्य स्वागत गरिएको हो ।

जनकपुरधाम विमानस्थलमा उपप्रधानमन्त्री महासेठलाई एमाले नेता कार्यकर्ताहरूले १०१ किलोको मालाले स्वागत गरेका हुन् । महासेठ प्रभावशाली मन्त्री बनेकोमा नेता कार्यकर्ताहरू उत्साहित देखिएका थिए ।

महासेठको स्वागत चलिरहँदा एक युवक दही र माछाको भार (पाहुर) बोकेर पुगेका थिए । ती युवकले उनलाई माछा र दहीको टीका लगाएको बताइएको छ ।

एमालेका एक नेताका अनुसार कसैको नजर नलागोस् भनेर माछा र दहीको टीका उपप्रधानमन्त्री महासेठलाई लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस