यी हुन् सञ्चार मन्त्री शर्माद्वारा सार्वजनिक मन्त्रिपरिषद् बैठकका तीन निर्णय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

यी हुन् सञ्चार मन्त्री शर्माद्वारा सार्वजनिक मन्त्रिपरिषद् बैठकका तीन निर्णय


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी छिन् । प्रवक्ता शर्माका अनुसार बैठकले राष्ट्रिय योजना आयोगमा रिक्त चार सदस्य नियुक्त गरेको छ ।

आयोगको रिक्त ४ सदस्य पदमा संगीता सिंह, कुसेन्द्रबहादुर महत, शिवराज अधिकारी, अरनिकोकुमार पाँडेलाई नियुक्त गर्ने निर्णय गरिएको हो ।

सम्बन्धित समाचार : चूडामणि पौडेल सचिवमा बढुवा 

बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली तीन जना गरी दश जना पर्वतारोहीहरूलाई सिन्धुपाल्चोकको जुगल हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय गरेको छ।

बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय पनि गरेको छ।

सम्बन्धित समाचार : श्रम सचिव भण्डारीको राजीनामा स्वीकृत, सचिव सरुवा यसै साता टुङ्ग्याउने

मन्त्रालयहरूका नियमित प्रस्रावसहित बैठकले अन्य दर्जनौँ निर्णयहरू गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस