नेपाल र इन्डोनेसियामा विविधतामा एकता : परराष्ट्र सचिव लम्साल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाल र इन्डोनेसियामा विविधतामा एकता : परराष्ट्र सचिव लम्साल


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्सालले नेपाल र इन्डोनेसियामा विविधतामा एकता रहेको बताएकी छन् । उनले दुवै मुलुकमा बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक लगायत विषय समान रहेको उल्लेख गर्दै त्यसले लोकतन्त्रलाई थप बलियो बनाउँदै लगिरहेको बताएकी हुन् । 

इन्डोनेसिया र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको आयोजनामा भएको ‘समावेशी समाजमा लोकतन्त्रसम्बन्धी संवाद’ कार्यक्रममा बुधबार सम्बोधन गर्दै परराष्ट्र सचिव लम्सालले नेपाल र इन्डोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना हुनुअघिदेखि नै सम्बन्ध रहिआएको पनि बताइन् ।

नेपाल र इन्डोनेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

कार्यक्रममा नेपालका लागि इन्डोनेसियाका गैर आवासीय राजदूत हेरु एच. सुबोलोले नेपाल र इन्डोनेसिया बीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गरे । उनले लोकतन्त्रको क्षेत्रमा इन्डोनेसिया र नेपालले गरिरहेको कामको प्रशंसा पनि गरे । उनले इन्डोनेसियाले ‘समावेशी समाजमा लोकतन्त्रसम्बन्धी संवाद’ कार्यक्रम हरेक वर्ष गर्दै आइरहेको पनि जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस