संघीय निजामती सेवा ऐन जस्ताको तस्तै पारित हुने सम्भावना कम देखेको छु : रामहरि खतिवडा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

संघीय निजामती सेवा ऐन जस्ताको तस्तै पारित हुने सम्भावना कम देखेको छु : रामहरि खतिवडा


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदमा प्रस्तुत संघीय निजामती सेवा सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित हुने सम्भावना कम रहेको बताएका छन् ।

संघीय निजामती सेवा विधेयकसम्बन्धी छलफल कार्यक्रममा बोल्दै सभापति खतिवडाले सो कुरा बताएका हुन् । 

हतारमा निर्णय गरेर पछि पछुताउने अवस्था नआओस् भन्नेमा आफू रहेको बताउँदै उनले मुख्य सचिव र मन्त्रीसहित राखेर समितिमै छलफल गर्ने सोचमा रहेको बताए ।

उनले कर्मचारीको हकहितमा त छँदै छ, जनतासँग सरोकार राख्ने कसरी बनाउन सकिन्छ भन्नेमा पहल कदमी लिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस