सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सांसदका सुझाव कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्षको निर्देशन


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरुले दिएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन्।

बुधवारको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले  राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० मा समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

उनले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा सांसदहरुले उठाएका प्रश्न र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीको जवाफपछि यस्तो निर्देशन दिएका थिए।

प्रतिवेदनका सम्बन्धमा सांसदहरूले छलफलमा उठाएका विषयहरू र सो सम्बन्धमा मन्त्रीले जवाफका सिलसिलामा व्यक्त गरेका विचारलाई प्राथमिकतामा राखेर कार्यान्वयनमा जानुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस