एसईईका विद्यार्थीलाई शुभकामना दिँदै ओलीले भने-सह-सचिव बनेर सेवा गर्छु भन्नु सकारात्मक हो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एसईईका विद्यार्थीलाई शुभकामना दिँदै ओलीले भने-सह-सचिव बनेर सेवा गर्छु भन्नु सकारात्मक हो


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सह-सचिव बनेर देशमै सेवा गर्छु भन्नु सकारात्मक विषय भएको बताएका छन् । एसईई दिने तयारीमा रहेका विद्यार्थीहरूलाई शुभकामना दिँदै ओलीले स्वदेशमै उद्यम र सेवा गर्नु विदेश जानु भन्दा राम्रो भएको बताए ।

एसईई दिने तयारीमा रहेकी एक विद्यार्थीले विद्यालयको बिदाइ समारोहमा आफ्नो पोसाकमा १० वर्षभित्र सह-सचिव बनेर सेवा गर्ने लेखेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै एमाले अध्यक्ष ओलीले लेखेका छन्, ‘गत वर्ष यही समयमा ‘विदेशमा भेटौँला’ भन्ने लेखिएको तस्बिर देखेको थिएँ । विदेश जानु पनि नराम्रो होइन, तर स्वदेशमै उद्यम र सेवा गर्नु त्यो भन्दा राम्रो हो ।

Tags :
प्रतिक्रिया दिनुहोस