इलाम-२ मा उम्मेदवार छनोट गर्न रास्वपाले बनायो कार्यतालिका « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इलाम-२ मा उम्मेदवार छनोट गर्न रास्वपाले बनायो कार्यतालिका


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १५ वैशाखमा हुने इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न प्रारम्भिक निर्वाचनको कार्यतालिका बनाएको छ ।

रास्वपाबाट उम्मेदवार हुन इच्छुकका लागि मंगलबारदेखि १४ चैतसम्म आवेदन दिन भनिएको छ । त्यसपछि ⁠प्रारम्भिक उम्मेदवारहरूको नामावली १४ चैतको साँझ प्रकाशन गरिने रास्वपाले जानकारी दिएको छ । ⁠

प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय १५ चैतको दिउँसो १ बजेसम्म तोकिएको छ । रास्वपाबाट ⁠उम्मेदवार हुन इच्छुकसँग त्यसै दिन छलफल गरेर साँझ ८ बजेसम्म नाम टुंगो लगाउने

पार्टीले १६ चैतमा उम्मेदवार टुंगो लगाएर १७ चैतमा सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ । इलाम-२ मा १ लाख १८ हजार मतदाता छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस