अतिक्रमित भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास गर्ने सरकारको प्रतिबद्धता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अतिक्रमित भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास गर्ने सरकारको प्रतिबद्धता


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सत्तारुढ गठबन्धनले भारतले मिचेका भूमि फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक प्रयास गर्ने प्रतिबद्धता जनाएको छ । पाँच दलीय सत्तारुढ गठबन्धनका साझा प्रतिबद्धतामा भारतले मिचेका कालापानी क्षेत्रदेखि सुस्तालगायतका भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास गर्ने उल्लेख छ ।

अतिक्रमित भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास गर्ने सत्ता गठबन्धनको प्रतिबद्धता सिंहदरबारमा मंगलबार सार्वजनिक गरिएको साझा प्रतिबद्धतामा भनिएको छ, ‘नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रतालाई थप सुदृढ बनाउने । लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि फिर्ता लिन प्रभावकारी कूटनीतिक प्रयास अगाडि बढाउने ।’

सत्तारुढ गठबन्धनले सीमाको प्रभावकारी व्यवस्थापन गर्ने पनि उल्लेख छ भने सरकारले राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति अङ्गाल्ने पनि उल्लेख छ ।

सत्ता गठबन्धनमा रहेका दलहरूले नेपालले गरेका सन्धि सम्झौता पुनरावलोकन गर्ने पनि उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस