नयाँ समीकरणले पनि डेलिभरी दिन नसके देश अप्ठ्यारो अवस्थामा जाने खतरा छ’ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नयाँ समीकरणले पनि डेलिभरी दिन नसके देश अप्ठ्यारो अवस्थामा जाने खतरा छ’


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरणले पनि डेलिभरी दिन नसके देश अप्ठ्यारो स्थितिमा पर्ने बताएका छन् ।

पाँच दलको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि बोल्दै सरकारले डेलिभरीमा केन्द्रित हुनुपर्ने बताए ।

उनले भने, ‘अब हामीले व्यवहारमा जनतालाई डेलिभरी दिने किसिमले कति जिम्मेवारीपूर्वक अगाडि बढ्छौँ भन्ने कुराले नै यो साँझा संकल्प र समीकरणको औचित्यलाई पनि पुष्टि गर्नेछ । हामीलाई जनताको नयाँ आशा र भरोसा जगाउने कुराको कुनै विकल्प छैन । हामीले पनि सकेनौँ भने यो समीकरण र संकल्पबाट डेलिभरी भएन जनतामा आशा जगाउन सकेनौँ भने देश अप्ठ्यारो अवस्थामा जाने खतरा छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस