उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले दियो १० करोड « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले दियो १० करोड


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले १० करोड रुपैयाँ उपलब्ध गराएको छ । आउँदो वैशाख १५ गते हुने उप निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले पत्राचार गरेअनुसार १० करोड खर्च गर्न अनुमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

सुरक्षा निकायका निम्ति भने मन्त्रालयले बजेट नछुट्ट्याएको हो । वैशाख १५ गते प्रतिनिधि सभाअन्तर्गत इलाम क्षेत्र नम्बर-२ र प्रदेश सभाअन्तर्गत बझाङ क्षेत्र नम्बर-१ ‘क’मा उपनिर्वाचन हुँदै छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्युपछि बुझाङ-१ ‘क’को प्रदेश सभा पद रिक्त छ ।

Tags :
प्रतिक्रिया दिनुहोस