प्रतिनिधि सभा बैठक जारी, प्रधानमन्त्रीले जवाफ दिने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रतिनिधि सभा बैठक जारी, प्रधानमन्त्रीले जवाफ दिने


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक शुरु भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइए पनि करिब डेढ घण्टा ढिलो गरेर साढे १२ बजे मात्र शुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले सोध्नुभएका प्रश्नको जवाफ दिने कार्यसूची छ ।

आजै अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभामा पेश गर्ने छन् ।

त्यसैगरी, आगामी आर्थिक वर्ष २०८१-८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल गरिनेछ कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस