दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई ओलीको आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई ओलीको आग्रह


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरूको उपचार गर्न सरकारसँग आग्रह गरेका छन् । 

अध्यक्ष ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा घाइते भएका सबैको छिटो उपचारको प्रबन्ध गर्न सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह गरेका छन्। उनले दुर्घटनामा ज्यान गुमाउने यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

हिजो  पूर्वीरुकुमबाट काठमाडौँतर्फ आउँदै गरेको बस बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा नौ जनाको ज्यान जानुका साथै २८ जना घाइते भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस