अध्यागमनको महानिर्देशकमा निरौला, सिडिओसहित २२ अधिकारीको सरुवा तथा पदस्थापन  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अध्यागमनको महानिर्देशकमा निरौला, सिडिओसहित २२ अधिकारीको सरुवा तथा पदस्थापन 


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । गृह मन्त्रालयले लामो समयदेखि रिक्त अध्यागमन विभागको महानिर्देशमा कोषहरी निरौलालाई नियुक्त गरेको छ । गृह मन्त्रालयका सहसचिव निरौलालाई महानिर्देशक बनाइ पठाएको हो । 

यसैगरी विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको सरुवासमेत गरेको छ भने मन्त्रालयमा रहेका नयाँ सहसचिवहरूको पदस्थापन पनि गरेको छ । 

अब गृह मन्त्रालयमा जिम्मेवारी नदिई लामो समयसम्म थन्क्याउने परम्पराको अन्त्य भएको गृह अधिकारीहरूको भनाई छ । ‘सहसचिवको दरबन्दी भएको प्रमुख जिल्ला अधिकारी पद उपसचिवले होल्ड गरेर सहसचिवलाई बरन्डामा राख्ने परम्पराको क्रमशः अन्त्य गरिने छ’ एक अधिकारीले प्रशासनसँग भने । 

Tags :
प्रतिक्रिया दिनुहोस