साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

 नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दुई-दुई जना नेता सदस्य रहेको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्ष नेताले अध्ययनपछि आज सार्वजनिक हुन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस