आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता संसदमा पेश « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता संसदमा पेश


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभामा पेश भएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेतले सम्झौता पेश गरेका हुन् ।

संसदमा सम्झौता पेश गर्दै उर्जामन्त्री बस्नेतले सौर्य ऊर्जा प्रविधिहरूको प्रयोग गरी सदस्य राष्ट्रहरूमा ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रूपमा आई एस ए स्थापित भएको बताए ।

उनका अनुसार यो सम्झौताबाट फाइदा हुने देखी नेपालले समेत हस्ताक्षर गरिसकेको बताए । अनुमोदनका लागि संसदमा पेश गरिएको पनि मन्त्री बस्नेतले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस