समितिको सभापतिमा शेर्पा निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

समितिको सभापतिमा शेर्पा निर्वाचित


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सोनाम ग्याल्जेङ शेर्पा आज सर्वसम्मत निर्वाचित भएका छन् ।

शेर्पालाई राष्ट्रिय सभामा अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराए । शपथ लगत्तै सभापति शेर्पाले पद बहाली गरेका छन् ।

पद बहाली गर्दै उनले नेपालको संविधानको परिधिमा रहेर आफूले गर्नुपर्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ‘मिनी सदन’का रूपमा रहेको समितिमा रहेर आवश्यक कानुन निर्माण र सहजीकरणका लागि काम गर्ने बताए । उक्त समितिको सभापतिको कार्यकाल दुई वर्षको हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस