बीमामा आबद्ध अस्पतालले हप्तामा तीन दिन विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बीमामा आबद्ध अस्पतालले हप्तामा तीन दिन विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने


५ चैत्र २०८०, सोमबार


काठमाडौँ। स्वास्थ्य बीमामा आबद्ध भएका अस्पतालले हप्ताको एकदेखि तीन दिनसम्म अनिवार्य विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने भएको छ ।

स्वास्थ्य बीमा बोर्डले गत मंगलबार (२९ पुस)मा निर्णय गर्दै सेवा प्रदायक संस्थालाई कार्यान्वयनका लागि पत्र लेखेको हो ।

बोर्डका अनुसार १०० शय्यासम्मको अस्पतालले हप्तामा १ दिन, २०० शय्या सम्मको अस्पतालले हप्तामा २ दिन र ३०० शय्या वा सो भन्दा माथिका अस्पतालले हप्तामा ३ दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरूमा नियमित विशेषज्ञ ओपिडी सेवा दिनुपर्नेछ ।

सरकारी स्वास्थ्य संस्था (आधारभूत अस्पताल, प्रादेशिक अस्पताल)ले आफूलाई अत्यावश्यक परेको वा देखिएको विशेषज्ञको सहयोग लिनको लागि नजिकको त्यस्ता विशिष्टकृत स्वास्थ्य संस्थासँग समन्वय गर्नुपर्ने जनाएको छ ।

पत्र :

Tags :
प्रतिक्रिया दिनुहोस