आरती साह मृत्यु प्रकरणमा जनकपुरबाट सासू रेणु पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आरती साह मृत्यु प्रकरणमा जनकपुरबाट सासू रेणु पक्राउ


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । धनुषाकी आरती साहको मृत्यु प्रकरणमा उनकी सासू रेणुदेवी साहलाई प्रहरीले पक्राउ गरेको छ।

रेणुलाई आज जनकपुरधाम उपमहानगरपालिका-४ मुरलीचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

उनलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको प्रहरीको भनार्ई छ । 

आरती साह गत जेठ ७ गते जनकपुर उपमहानगरपालिका-९ थापाचोक स्थित श्रीमानको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। त्यसपछि आरतीको माइती पक्षले उनका श्रीमान् मोतिबाबु, ससुरा मदनमोहन, सासू रेणुदेवी र देवर रवि साहविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस