डा. शशांक कोइरालाले भने-सभापति बनेर अहिलेको भन्दा फरक ढंगले पार्टी चलाउँछु  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डा. शशांक कोइरालाले भने-सभापति बनेर अहिलेको भन्दा फरक ढंगले पार्टी चलाउँछु 


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले अहिलेको परिवेशमा काँग्रेस पार्टी चलाउने शैलीमा परिवर्तन आवश्यक भएको बताएका छन् ।

रामेछापमा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टी सञ्चालन शैली समयानुकूल बनाउनुपर्नेमा जोड दिए ।

जिल्ला सभापति कान्छाराम तामाङ, पूर्वसभापति रामचन्द्र खड्का, रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेलगायत उपस्थित कार्यक्रममा बीपी पुत्र कोइरालाले १५औँ महाधिवेशनबाट पार्टीको नेतृत्व लिन माग गरेपछि फरक ढङ्गले पार्टी सञ्चालन गर्ने योजनासहित आफूले नेतृत्व गर्ने बताए ।

‘तपाईँहरूको आग्रह जायज छ । सोहीअनुसार म नेतृत्वका लागि अघि बढ्छु । सभापति बनेर अहिलेभन्दा भिन्न ढङ्गले पार्टी चलाउने मेरो योजना छ’, उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस