गृहमन्त्री लामिछानेको निजी सचिवमा पौडेल, प्रशासनमा सापकोटा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गृहमन्त्री लामिछानेको निजी सचिवमा पौडेल, प्रशासनमा सापकोटा


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको निजी सचिवमा उपसचिव नवराज पौडेल नियुक्त भएका छन् । मन्त्रालयमा रहेका पौडेलले आज पत्र बुझेका हुन् । 

यसैगरी कर्मचारी प्रशासन उपसचिव कृष्ण सापकोटा आएका छन् । उनले पनि आजै पत्र बुझेको जानकारी प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त भएको छ । 

सचिवालयलाई पूर्णता दिएसँगै कामले थप गति लिने विश्वास गरिएको छ । 

यस्तै टिकापुर इलाका प्रशासन कार्यालय सिन्धुलीका भुमिश्वर पोखरेललाई पठाइएको छ । लमजुङको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई गृह मन्त्रालय बोलाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस