काठमाडौँ । रसुवामा आइतबार बिहान भूकम्पको धक्का मापन गरिएको छ ।
आज बिहान पौने १० बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार जिल्लाको जुरे ढुंगा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।