गण्डकीमा माओवादीले नेतृत्व लिने सम्भावना छ : प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गण्डकीमा माओवादीले नेतृत्व लिने सम्भावना छ : प्रधानमन्त्री ‘प्रचण्ड’


४ चैत्र २०८०, आइतबार


काठमाडौँ । गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । आज (आइतबार) बिहान पोखरामा पार्टीका अगुवा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ”गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दै छौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौँ।”

यसैगरी उनले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको पनि बताएका छन् । प्रधानमन्त्रीले भने, ”काँग्रेसबाट पटक पटक धोका भयो। काँग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौँ।”

केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस