२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा

अ+ अ-

काठमाडौँ । म्यानचेस्टर सिटी एफ ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो । 

सिटीको जितमा बर्नान्डो सिल्भाले दुवै गोल गरे । सिल्भाले १३ औँ मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । उनैले रुबेन डियासको पासमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल ३१ औँ मिनेटमा थपे । त्यसपछि दुवै टिमबाट गोल नभएपछि सिटी घरेलु मैदानमा २-० को सहज जितका साथ सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

यसैगरी एफए कपकै अर्को क्वाटरफाइनलमा कोभेन्ट्री सिटीले ३–२ को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । कोभेन्ट्रीले वुल्भ्सलाई पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका थिए । कोभेन्ट्रीका लागि इलियस सिमसले २ गोल गर्दा हाजी राइटले एक गोल थपेका थिए ।

वुल्भ्सका लागि रियान नुरी र ह्युगो बुएनोले एक-एक गोल गरे ।

खेलको ५३ औँ मिनेटमा इलियसले गोल गर्दै कोभेन्ट्री सिटीलाई अग्रता दिलाएका थिए । तर, ८३ औँ मिनेटमा रियान र ८८ औँ मिनेटमा ह्युगोले गोल गरेपछि वुल्भ्सले २–१ को अग्रता लिएको थियो । दोस्रो हाफको इन्ज्योरी समयको सातौँ मिनेटमा इलियसले हेडरमार्फत व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए । त्यसको तीन मिनेटपछि हाजीले राइटफुटेड सर्ट प्रहार गर्दै गोल गरेपछि कोभेन्ट्री ३–२ को जितका साथ एफएकपको  सेमिफाइनलमा पुग्न सफल भयो ।

एफए कप अन्तर्गत आज चेल्सी र लेस्टर सिटी तथा म्यानचेस्टर युनाइटेड र लिभरपुल सेमिफाइनल प्रवेशका लागि आमने सामने हुँदै छन् । चेल्सी र लेस्टरको खेल साढे ६ बजे हुने छ भने म्यानचेस्टर युनाइटेड र लिभरपुलको खेल सवा ९ बजे सुरुहुने छ ।