उपत्यकामा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उपत्यकामा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु


३ चैत्र २०८०, शनिबार


काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर  नगरपालिका-५ नयाँबस्ती क्लब नजिक सडकमा आज भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।

सडकमा बा३३प १४९६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनारको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

यता ललितपुर महानगरपालिका-२८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर अर्का एक जनाको ज्यान गएको छ । 

करेन्ट लाग्दा सोही ठाउँ बस्ने सल्यान कपुरकोट गाउँपालिका-४ घर भएका ४६ वर्षीय चन्दबहादुर एरीको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस