बैंकको ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य नहुने अर्थमन्त्री पुनको चेतावनी   « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बैंकको ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य नहुने अर्थमन्त्री पुनको चेतावनी  


३ चैत्र २०८०, शनिबार


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् । 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा आयोजना गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालो सूचीमा परेकाहरूले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रह गरेका छन्।

मन्त्री पुनले बैंकहरुलाई नयाँ सुदखोर भनेर आरोपित गर्ने प्रवृत्तिसँग सहमत हुन नसकिने पनि बताए । 

‘बैंकहरुबाट ऋण लिने, कालोसूचीमा पर्ने अनि ऋण तिर्दिन भनेर हिँड्ने प्रवृत्ति छ’, मन्त्री पुनले भने, ‘आफ्ना सीमित स्वार्थ सिद्ध गर्न बैंकिङ प्रणालीप्रति अनास्था फैलाउने प्रवृत्ति सरकारलाई कदापी स्वीकार्य हुन सक्दैन ।’

मन्त्री पुनले बैंकहरु जत्ति व्यवस्थित रूपमा सञ्चालित कुनै पनि संस्था नेपालमा नरहेको चर्चा बताए।

Tags :
प्रतिक्रिया दिनुहोस