संसद्लाई बन्धक बनाउनु हुँदैन, काँग्रेस-एमाले मिलेर देशलाई निकास दिनुपर्छ : रामहरि खतिवडा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसद्लाई बन्धक बनाउनु हुँदैन, काँग्रेस-एमाले मिलेर देशलाई निकास दिनुपर्छ : रामहरि खतिवडा


३ चैत्र २०८०, शनिबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आफ्नो पार्टी सांसदलाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन्। सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै काँग्रेसले संसद अवरुद्ध पारिरहेका बेला सांसद खतिवडाले यस्तो अभिव्यक्ति दिएका हुन्।

ढुवानी व्यवसायी महासंघ, नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा सांसद खतिवडाले कानुन निर्माण गर्ने थलो सांसदलाई बन्धक बनाएर, तर्साएर, थर्काएर नराखि अघि बढाउनका लागि काँग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको समेत बताए।

उनले समानुपातिक प्रतिनिधित्वको व्यवस्था राष्ट्रिय सभामा गरेर प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न सके मुलुकलाई स्थिर सरकार दिन सक्ने भएकाले त्यसका लागि पनि काँग्रेस र एमाले मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए।

सांसद खतिवडाले भने, ‘अहिले संसदमा अलिकति खच्याकखुचुक भएको तपाईँहरूले देख्नुभएको छ।  हामी सांसदलाई बन्धक बनाएर राख्ने पक्षमा छैनौँ। जनताको कानून निर्माण गर्ने ठाउँलाई बन्धक बनाएर, तर्साएर, थर्काएर होइन। एउटा संसदीय पद्धतिअनुसार मुलुकलाई नयाँ बाटोमा लैजाऔँ। केही कुराहरूमा काँग्रेस(एमाले हामी मिलौँ। देश निर्माण गर्ने कुरामा अघि पनि भने-पार्टीभन्दा माथि उठौँ। संविधानमा केही कुरामा संशोधन गरौँ। समानुपातिकलाई राष्ट्रिय सभामा लैजाऔँ।’

Tags :
प्रतिक्रिया दिनुहोस