राष्ट्रिय सभाको दुई समितिको सभापतिमा शेर्पा र पन्त निर्विरोध निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभाको दुई समितिको सभापतिमा शेर्पा र पन्त निर्विरोध निर्वाचित


३ चैत्र २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गत दुइवटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।

दुई समितिको सभापतिका लागि शनिबार उम्मेदवारी दर्ता भएको थियो । सो क्रममा एकल उम्मेदवारी परेको हो । राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोनाम गेल्जेन शेर्पाको मात्रै उम्मेदवारी परेको छ ।

उनको प्रस्तावकमा गोपी बहादुर सार्की अछामी रहेका छन् भने समर्थकमा इन्दिरा देवी गौतम र दुर्गा गुरुङ प्रस्तावक रहेका थिए ।

त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मात्रै उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा नारायण दत्त भट्ट र समर्थकमा शारदा देवी भट्ट रहेको संसद सचिवालयले जनाएको छ । 

आइतबार दुवै समितिको बैठकले एकमात्रै उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ । राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन चैत ४ गतेका लागि तोकिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस