राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति पौडेलद्वारा जलेश्वरनाथको पूजा अर्चना 


३ चैत्र २०८०, शनिबार


जलेश्वर । राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गरेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी पुगेका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गरेका हुन् ।

राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भर्‍याङमुनि) जलभित्र रहेका जलेश्वरनाथ महादेवको विशेष पूजा अर्चना गराए । उनले  मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि पूजाअर्चना गरेका थिए । 

बाबा जलेश्वरनाथको पूजापश्चात् राष्ट्रपति पौडेल जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा अवस्थित पूर्वखेलकुदमन्त्री स्व गणेश नेपालीको सालिक अनावरण कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस