रुसी नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा चुनाव गराउनु अस्वीकार्य : राष्ट्रसंघ  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रुसी नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा चुनाव गराउनु अस्वीकार्य : राष्ट्रसंघ 


३ चैत्र २०८०, शनिबार


काठमाडौँ । रुसमा हिजोदेखि आम निर्वाचन जारी छ । राष्ट्रपति भ्लादीमिर पुटिन पाँचौँ पटक सत्तामा आउने लगभग पक्का छ । रुस-युक्रेन युद्ध चलिरहेका बेला युक्रेनी क्षेत्रमा रुसी राष्ट्रपतिका लागि चुनाव गराउने कुराको भने अन्तर्राष्ट्रिय जगतमा विरोध भएको छ ।

संयुक्त राष्ट्र संघको राजनीतिक र शान्ति स्थापना मामिला उप-महासचिव रोजमेरी डिकार्लोले सुरक्षा परिषद्का राजदूतहरूलाई सम्बोधन गर्दै रुसी नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा रुसी राष्ट्रपति चुनाव गराउनु अस्वीकार्य भएको बताएकी छिन् ।

उनले अन्तर्राष्ट्रिय कानुन अनुसार कब्जा गर्ने शक्ति अर्थात् रुसले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा युक्रेनको कानुन कायम गर्नुपर्ने बताइन्

रोजमेरी डेकार्लोले मार्च १६ मा रूसले युक्रेनको क्रिमिया र सेभास्टोपोल क्षेत्रहरूलाई जबरजस्ती विलय गरेको दस वर्ष पूरा भएको छ,जसलाई तथाकथित जनमत संग्रहको नाम दिइएको कुरा अस्वीकार्य भएको पनि बताइन् ।

२०२२ को फेबुअरीदेखि रुसले लगातार युक्रेनमा आक्रमण गरेर डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिझिया क्षेत्रहरू कब्जा गर्ने प्रयास जारी राखेको छ ।

राजदूतहरुलाई सम्बोधन गर्दै उप महासचिव रोजमेरी डेकार्लोले रुसी सेनाद्वारा जारी हवाई आक्रमणका बीच युक्रेनमा मानवअधिकारको अवस्था अत्यन्तै गम्भीर रहेको पनि बताइन् ।

उनले शुक्रबार प्रकाशित युक्रेनमाथिको छानबिन आयोगको नयाँ प्रतिवेदनले रुस र युक्रेनमा रुसी अधिकारीहरूले सर्वसाधारणमाथि गरेको उत्पीडनको बारेमा विगतमा खुलासा गरेको र उत्पीडन निकै ठूलो मात्रामा भएको पुष्टि गरेको बताइन् ।

हिरासतमा रहेका बेला उनीहरूमाथि अत्यन्तै गम्भीर, पीडादायी र पीडादायी कारबाही गरिएको पीडितहरूको भनाइले देखाएको राष्ट्रसंघका अधिकारीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस