मोटरसाइकल चालक र सवारी दुवैले हेलमेट लगाउनु पर्ने नियम ल्याउन २६ बुँदे सुझाव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मोटरसाइकल चालक र सवारी दुवैले हेलमेट लगाउनु पर्ने नियम ल्याउन २६ बुँदे सुझाव


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले मोटरसाइकल चालक र सवारी दुवैले हेलमेट लगाउनु पर्ने नियम ल्याउन सरकारलाई २६ बुँदे सुझाव दिएको छ।

नाडाले बिहीबार उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटगरी मन्त्रालयसँग सम्बन्धित सुझाव पेश गरेको हो।

भेटमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले मन्त्री महासेठसंग विभिन्न विषयहरूमा छलफल गरेको छ। छलफलपछि मन्त्री महासेठले सवारी साधनहरूको सिसिको आधारमा इम्बोस्ड नम्बरप्लेट जारी गर्न सकिने बताए। उनले प्रदेश तहका समस्याहरू छन् भने प्रदेश सरकारमा नै सुझावहरू राख्न सकिने बताएका हुन्।

महासेठले सेवाग्राहीलाई सुविधा दिनुपर्ने विषयमा विशेष चासो राख्दै नाडाले राखेका उक्त सुझावहरूका सम्बन्धमा आवश्यक पहल गरिने आश्वासन दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस