काठमाडौँ । रास्वपा सांसद अशिम शाहले खेलकुद मन्त्रीलाई अन्तर्राष्ट्रिय फुटबलको बहानामा विदेश गएका खेलाडी बाहेकका एन्फा पदाधिकारीलाई कारबाहीको निर्देशन दिएकोमा धन्यवाद दिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘दशरथ रंगशालामा हुने तय भएको बहराइनविरुद्धको खेल हुन नसक्नुको पछाडि कसको कमजोरी भयो ? टियु क्रिकेट ग्राउन्डमा फ्लड लाइट र स्कोर बोर्ड कहिले आउँछ ? बहुसङ्ख्यक फुटबल खेलाडीहरू विदेश पलायन हुँदै गएकोमा उनीहरूलाई रोक्ने फर्काउने तयारी के हुँदै छ ?
संसारमा ई-स्पोर्टले फड्को मारिसकेको भन्दै उनले देशमा ई-स्पोर्टलाई अगाडि लान ढिला गर्न नहुने तर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।