सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूलाई बुझाउने तयारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूलाई बुझाउने तयारी


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदलले मस्यौदा तयार गरेको छ । आज बसेको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएर शीर्ष नेताहरूलाई बुझाउने निर्णय गरेको हो।

बैठकले प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाउन शीर्ष नेताहरूको समय मिलाउने जिम्मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई दिएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

उनले प्रतिवेदनमा सुशासनलाई प्राथमिकता दिएको बताए।

मस्यौदा हस्तान्तर भएपछि शीर्ष तहमा छलफलपछि सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि सार्वजनिक गर्ने तयारी गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस