सुनको मूल्यमा सामान्य गिरावट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुनको मूल्यमा सामान्य गिरावट


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँ घटेर तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

बिहीबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज तेजाबी सुन तोलामा १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।  

यस्तैगरी, चाँदीको मूल्य आज तोलामा १ हजार ५१५ रुपैयाँमा कारोबार भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस